पत्रकार भण्डारीको नेतृत्वमा ‘नेपाल कृषि पत्रकार महासङ्घ’ गठन

बाइलाइन नेपाल
५ चैत्र २०७७, बिहीबार १४:४०

काठमाडौं । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका पत्रकार बैकुण्ठ भण्डारीको नेतृत्वमा नेपाल कृषि पत्रकार महासंघ गठन भएको छ ।

नवगठित महासंघको उपाध्यक्षमा सुमन पन्थ, महासचिवमा पवन श्रेष्ठ, सचिव गोपाल आले, कोषाध्यक्ष कमला भट्टराई चयन भएका छन् । यस अघि स्थापना भएका नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना), कृषि पत्रकार समाज (साज) नेपाल र कृषि सञ्चार समाज एकीकरण गरी महासंघ गठन गरिएको हो ।

पेशागत अधिकार र श्रमजीवी कृषि पत्रकारको आवाज बुलन्द बनाउँदै सम्बन्धित निकायसम्म पु¥याउने उदेश्यले स्थापित महासंघको पदाधिकारीको बैठकले कृषि पत्रकारको स्वास्थ सुरक्षालाई लक्षित गरी २५ लाखको कृषि पत्रकार स्वास्थ्य उपचार कोष स्थापना गर्ने निर्णय एवम् घोषणासमेत गरेको छ ।

देशैभर समान उद्देश्य राखेर स्थापना भएका कृषिसँग सम्बन्धित सञ्चार संस्थाहरुलाई छाता सङ्गठनमा आबद्धताका लागि समेत महासंघको पहिलो बैठकले आह्वान गरेको छ ।

विहीबार बसेको बैठकले कृषि पत्रकार स्व. गोविन्द प्रसाद घिमिरेको नाममा गोविन्द शर्मा स्मृति कृषि पत्रकारिता पुरस्कार स्थापना गरी सो पुरस्कार महासंघ स्थापना दिवसको अवसर पारी हरके वर्ष कृषि क्षेत्रमा कलम चलाउने उत्कृष्ठ पत्रकारलाई सम्मान गर्ने जनाएको छ । साथै महासंघले सातै प्रदेशमा छरिएर रहेका कृषि पत्रकारहरुलाई संगठित गरी महासंघको सातै प्रदेश शाखा विस्तार समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*