खनाल–नेपाल पक्षकी सांसद चौधरी झुक्किएर बालुवाटार पुगेपछि…

बाइलाइन नेपाल
५ चैत्र २०७७, बिहीबार १३:५०

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेलगत्तै फर्किएकी उनले आफु त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् ।

उनले भनिन्ः ‘दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’ सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव नेपालप्रति आक्रोश समेत व्यक्ति गरिन् ।

सांसद चौधरी बालुवाटारबाट फर्किएलगत्तै झलनाथ खनाल–माधव नेपाल समूहले सानेपामा आयोजना गरेको छलफल कार्यक्रममा पुगेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*