भारतमा संक्रमण बढिरहँदा नेपाल र भारतबीच यातायात खुला गर्न सिफारिस

बाइलाइन नेपाल
५ चैत्र २०७७, बिहीबार १३:१४

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यो पनि
भारतमा एकैदिन ३६,००० संक्रमित भेटिए, १०१ दिनको सबैभन्दा बढी आँकडा

नेपाल भारत यातायातका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् ​जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*