काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर भूकम्प
बाइलाइन नेपाल५ चैत्र २०७७, बिहीबार १२:२१
काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.१ म्याग्निच्यूडको रहेको थियो । यसअघि गत महिना दोलखा केन्द्रविन्दु भएर ४.२ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।













