बाइलाइन नेपाल
४ चैत्र २०७७, बुधबार १७:४८

काठमाडौँ– नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । त्यस्तै थप ५५ संक्रमित निको भएका छन् भने हालसम्म २ लाख ७१ हजार ५५० जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

हाल नेपालमा ९५४ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् भने २२ लाख २४ हजार २९३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*