‘ओली सच्चिए एकै ठाउँमा बस्न सकिन्छ, नत्र…’

बाइलाइन नेपाल
४ चैत्र २०७७, बुधबार १४:१०

काठमाडौ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिए अझैपनि पार्टी एकढिक्का राख्न सकिने बताएकी छन् । बुधबार एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले राखेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीमा अहिले अप्ठ्यारो स्थिति भएपनि कम्युनिस्ट आन्दोलनलाई अझै एकतावद्ध बनाएर लैजान सकिने बताइन् । उनले भेला गुटको नभई पार्टीको भएको भन्दै कम्युनिस्ट आन्दोलन बचेमात्र पद रहने बताइन् ।

केही कार्यकर्ता डराएको भन्ने सुनेको भन्दै पार्टीलाई स्पस्ट ढंगले अघि बढाउन भेला महत्त्वपूर्ण हुने बताइन् । उनले अध्यक्ष केपी ओलीलाई आग्रह गर्दै भनिन्, ‘तपाईं सच्चिनुस्, सच्चिन सक्नुभएन भने तपाईंको प्रधानमन्त्री पदको आयु हामीले तोक्नुपर्दैन ।’

‘नैतिकता देखाउनुस्, काखा पाखा नगर्नुस्, सवैलाई समान व्यवहार गर्नुस् यसैमा तपाईंको कल्याण र हित हुनेछ । २८ गतेको निर्णय सच्याउनुभयो भने सम्भवत एकै ठाउँमा बस्न पनि सक्छौँ । हामी खुल्ला ढंगले एकीकृत गरेर नेपाल कम्युनिस्ट पार्टी बनाउन सक्छौँ’, शाक्यको भनाइ छ । उनले पार्टीलाई छिन्नभिन्न होइन एकढिक्का बनाउन जरुरी रहेको भन्दै त्यसका लागि सवै कार्यकर्ताहरु एकमत रहेको आफुले पाएको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*