ओलीले चक्रवर्ती बादशाह बन्ने सपना देखेः बाबुराम भट्टराई

बाइलाइन नेपाल
४ चैत्र २०७७, बुधबार १४:०३

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रवर्ती बादशाह बनिरहने सपना देखेको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्न लागेको दाबी गर्दै सो आरोप लगाएका हुन् ।

चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेखिएको बताउँदै भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् – ‘राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*