खनाल–नेपाल पक्षको राष्ट्रिय भेलास्थलमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

बाइलाइन नेपाल
४ चैत्र २०७७, बुधबार १२:३३

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ । ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ भने भेला स्थलमा चहलपहल बढेको छ ।

नेता कार्यकर्तालाई ११ जना स्थायी समिति सदस्यद्वारा आइतबार जारी गरिएको विज्ञप्ति वितरण गरिएको छ । कार्यक्रम परिसरमा कम्युनिस्ट नेताहरु र एमालेका संस्थापक नेताहरुको तस्बिर राखिएको छ । ११ बजेबाट भेला सुरु हुने भने पनि औपचारिक रुपमा सुरु हुन भने ढिलाइ भएको छ । नेपाल लगायतका नेताहरु आन्तरिक छलफलमा रहेकाले भेला सुरु हुन ढिलाइ भएको बुझिएको छ । भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*