सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको घट्यो

बाइलाइन नेपाल
४ चैत्र २०७७, बुधबार १२:२१

बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने बुधबार रु १० घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*