पोखरामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बाइलाइन नेपाल
३ चैत्र २०७७, मंगलवार १७:५५

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मंगलबार पोखराको सराङकोटस्थित गुम्बा नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार अर्का एक युवक घाइते भएका छन् ।

सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पर्वत कुश्मा नगरपालिका –७ चुवाका ३२ वर्षीय माधव गिरीको मृत्यु गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको वरिष्ठ उपरीक्षक पोखरेलले बताए । मोटरसाइकल पछाडि सवार चुवाका ३२ वर्षीय गोविन्द गिरीको फिस्टेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*