कर्णालीमा बेपत्ता भएको दश दिनपछि भेटियो रजनीको शव

बाइलाइन नेपाल
३ चैत्र २०७७, मंगलवार १६:३३

दैलेख– कर्णाली नदीमा बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी एक बालिकाको शव दश दिनपछि फेला परेको छ । स्थानीय मानसिंह बडुवालकी श्रीमती सुखी बडुवालले आफ्ना नाबालक चार सन्तानसहित गत फागुन २३ गते कर्णाली नदीमा फामफालेर आत्महत्या गरेकी थिइन् ।

एकै परिवारका पाँच जनामध्ये बेपत्ता कान्छी छोरी पाँच वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो अछामको तुर्माखाँद गाउँपालिका–३ असरामा भेटिएको हो । नदी किनारामा शव फेला परेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी बहादुर प्याकुरेलले जानकारी दिए । कर्णालीमा हामफालेका आमा सुखीसहित तीन सन्तानको शव यसअघि नै भेटिएको थियो ।

सुखीले ८ वर्षीया छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरीता र ५ वर्षीया छोरी रजनीसहित नदीमा हामफालेकी थिइन् । चरम घरेलु हिंसाका कारण उक्त घटना भएको विश्लेषण गरिए पनि अनुसन्धानबाट श्रीमानले त्यति धेरै पीडा नदिएको खुलेको प्रहरीको भनाइ छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पैसाको विवाद भएको बुझिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*