माओवादीको राष्ट्रियसभा दलको नेतामा शर्माको निरन्तरता

बाइलाइन नेपाल
३ चैत्र २०७७, मंगलवार १४:५५

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा लाई नै निरन्तरता दिने भएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार बैठकले संसदीय दलको विधान मस्यौदाका लागि ३ सदस्यीय कार्यदल गठन पनि गरेको छ । कार्यदलमा देव गुरुङ, रेखा शर्मा र रामनारायण बिडारी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*