प्रधानमन्त्रीको चियापानमा गएन नेकपा एमालेको नेपाल-खनाल पक्ष

बाइलाइन नेपाल
३ चैत्र २०७७, मंगलवार १२:२९

काठमाडौँ- प्रधामनन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम एमालेको माधव नेपाल झलनाथ खनाल पक्षले बहिष्कार गरेको छ। प्रधामनन्त्री निवास बलुवाटारमा आज बिहान आयोजना गरेको चियापन कार्यक्रम नेपाल खनाल पक्षले बहिष्कार गरेको हो।

चियापान बहिष्कारपछि भावी रणनीति तयार गर्न स्थायी कमिटी बैठक बोलाएको छ । आज आयोजना गरेको बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपछिका योजना तय गर्ने एक नेताले बताए । एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सञ्चालन गर्ने तयारी नेपाल पक्षको छ ।

सोमबारको वार्ता फलदायी नभएपछि नेपाल पक्षले आफ्नो समूहमा रहेका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेको थियो । सो भेलामा एमालेमा एकताबद्ध भएर जाने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*