सुनको मूल्य आज पनि स्थिर, चाँदीको बढ्यो

बाइलाइन नेपाल
३ चैत्र २०७७, मंगलवार १२:२५

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार र मंगलबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको हो । आज ‍पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*