७९ जना कोरोना संक्रमित थपिए

बाइलाइन नेपाल
२ चैत्र २०७७, सोमबार १७:३३

काठमाडौँ– देशभर आज ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५ आज जना संक्रमणमुक्त भएका छन् । आजसम्म निको भएर घर फर्किनेको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार १४ जना छ । देशभर हाल आइसोलेसनमा ८ सय ९५ छन् भने क्वारेन्टाइनमा ४४ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*