पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ आदेश गरेका हुन् ।
प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएको सो मुद्दाले अग्राधिकार पाएको अधिवक्ता ढुंगानाले रातोपाटीलाई बताइन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्–‘हामीले अग्राधिकार पाएका छौं, आगामी सोमबार सुनुवाई हुनेगरी पेशी तोकिएको छ ।’ निवेदकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय कार्यान्वयन नगर्न र पहिलेकै जलहरीलाई कायम राख्न माग गरेका छन् ।

बाइलाइन नेपाल











