सफ्टवेयरको सोर्स कोड दुरुपयोग गर्ने तीनजना पक्राउ

बाइलाइन नेपाल
२ चैत्र २०७७, सोमबार १६:१०

काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका विमल केसी, रुपन्देहीका श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी घर भएका शंकर ज्ञवाली रहेका छन् । उनीहरु बुटवलमा रहेको प्रिफेस टेक्नोलोजीका सञ्चालक हुन् । उनीहमाथि पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर एण्ड आइटी सोलुसन नामक सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोप छ ।

प्रिफेस टेक्नोलोजीका सञ्चालकहरुलाई बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको साईबर ब्यूरोका डिआईजी रामकृपाल शाहले रातोपाटीलाई बताए । पक्राउ परेकाहरु यसअघि नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन नामक सफ्टवेयर कम्पनीमा काम गर्थे । प्रिफेश टेक्नोलोजी शुरु गरेर उनीहरुले पुरानो कम्पनीको जस्तै सफ्टवेयर बनाएर बेच्न थालेको साइबर ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर विद्युतीय कारोवार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*