जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाइलाइन नेपाल
२ चैत्र २०७७, सोमबार १४:२३

काठमाडौं– विवाहको प्रलोभन देखाई १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगञ्जस्थित एक लजमा लगी रमेशले पटकपटक करणी गरेका थिए । करणी गरी गर्भ बोकाएको भन्दै उनीविरुद्ध फागुन २१ गते जाेहरी परेको थियो । प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*