सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

बाइलाइन नेपाल
२ चैत्र २०७७, सोमबार १२:४७

काठमाडौं । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको सचिवालयका अनुसार समितिको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको हो । यसअघि दुई दिन बसेको प्रतिनिधि सभा बैठक अघि उक्त समितिको बैठक बोलाइएको थिएन ।

परामर्श समितिमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । परामर्श समितिको बैठकमा दलहरुबीच संसद बैठक सञ्चालनबारे न्युनतम सहमति खोज्नका साथै कार्यसूचीबारे छलफल गर्ने प्रचलन छ ।

यसअघि फागुन २३ र २६ गते दुई दिन प्रतिनिधि सभा बैठक बसेको थियो । जसमा पहिलो दिनको बैठक काँग्रेस र जसपाले अवरुद्ध गरेको थियो भने दोस्रो दिन शोक प्रस्ताव पारित गर्दै सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*