ओली र माधव नेपाल पक्षबीच छलफल : झलनाथ गएनन्

बाइलाइन नेपाल
२ चैत्र २०७७, सोमबार १२:३६

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल सुरु भएको हो ।

छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी छन् ।

छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाइएको छैन । नेता खनालले आफूलाई नबोलाइएकाले छलफलमा नगएको बताए । ‘मलाई बोलाइएको नै छैन । त्यही भएर म गइनँ,’ खनालले रातोपाटीलाई बताए । उनका अनुसार यसअघि नेता नेपालले ओलीले भेट्न बोलाएको भन्दै खनालसँग परामर्श गरेका थिए ।

छलफलमा माधव पक्षले ओलीसँगको छलफलमा विधानविपरीत गरेको नेताहरुको जिम्मेवारी हेरफेरलाई खारेज गर्न औपचारिक प्रस्ताव गर्ने तयारी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*