खुलामञ्चमा फेरि डोजर चल्यो

बाइलाइन नेपाल
२ चैत्र २०७७, सोमबार ११:५९

काठमाडौ महानगरपालिकाले खुलामञ्चमा फेरि डोजर चलाएको छ । केही समयअघि खुलामञ्च खुला गर्न डोजर चलाएको महानगरपालिकाले आइतबार फेरि डोजर चलाएर थप संरचना भत्काएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), दरबार हाइस्कुल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र काटेरै खाली गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यही अनुसार खुला गर्ने कार्यलाई निरन्तरता दिएको जानकारी दिएका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि मेयर (काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य) को निर्देशन अनुसार नै खुला गर्ने अभियानलाई निरन्तरता दिएको जनाएका छन् ।
दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको र वीर अस्पताल पनि निर्माण सम्पन्नको चरणमा रहेको भन्दै केही दिनभित्रै सबै खुला गर्ने जानकारी दिए । ज्ञवालीले अस्थायी वसपार्कलाई पनि अन्तै व्यवस्थापन गरी छिट्ै त्यसलाई समेत खुला गर्ने जानकारी दिए ।

खुलामञ्चलाई खुला गर्ने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*