माधव नेपाल भेट्न प्रचण्ड पुगे नेपाल निवास

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १७:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलगत्तै अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित उनको निवासमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच अहिले छलफल भइरहेको नेपालनिकट स्रोतले जनाएको छ । नेताहरुबीच समसामयिक राजनीतिक परिस्थितिका साथै अब कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*