२ सय ६५ सांसदले लगाए कोरोना विरुद्धको खोप

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १६:५८
फाइल तस्वीर

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले सिभिल अस्पताल नयाँ बानेश्वरमा संघीय संसदका सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप दिने कार्यक्रम राखेको थियो ।

आइतबारसम्म २ सय ६५ सांसद, स्वकीय सचिव, कर्मचारी गरी ११ सय १५ गरी कूल १३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएको संघीय संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*