चैत १३ गतेदेखि फापरबारीमा वाग्मती गोल्डकप
हेटौंडा। पूर्वी मकवानपुरको वाग्मती गाउँपालिकामा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै चैत्र १३ गतेदेखि २२ गतेसम्म प्रतियोगिता हुने वाग्मती गाउँपालिका खेलकुद विकास समितिले जानकारी दिएको छ ।
अखिल नेपाल फुटबल संघको तालिका अनुसार गोल्डकप प्रतियोगिताको आयोजना गरिएको वाग्मती गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष भीम बहादुर राईले जानकारी दिए ।
वाग्मती गाउँपालिकाको सान युवा खेलाडी उत्पादन, सम्मान, सदभाव, शान्ति र समृद्धि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गोल्डकप प्रतियोगिताको आयोजना गरिएको बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष राईले बताए ।
पाग्मती गाउँपालिका– ८ स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा गाउँपालिका कार्यालय रहेको छ । प्रतियोगितामा साविक विजेता जाउलाखेल युवा कल्बसहित ए डिभिजनका फुटबल क्लब च्यासल युवा क्लब, संकटा युवा क्लब, मछिन्द्र कल्ब र थ्री स्टार युवा क्लबको सहभागिता रहने छ ।
यस्तै प्रतियोगितामा नव जनजागृती युवा क्लब सिमरा, वाग्मती युवा क्लब सर्लाही, हेटौंडा–११ क्लब, बिवाई सि क्लब भरतपुर चितवन र आयोजक वाग्मती खेलकुद विकास समितिले प्रतियोगितामा सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागीताकालागी बिभागिय टोलि ए पि एफ क्लब र नेपाल पुलिस क्लब लाई समेत पत्राचार गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ८ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद ४ लाख रुपैयाँ हात पार्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार, विधागत उत्कृष्ट खेलाडीले नगद १० हजार र म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार हातपार्ने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ७८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सर्केस घलान, वाग्मती गाउँपालिका खेलकुद विकास समिति निवर्तमान अध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।

बाइलाइन नेपाल











