माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १२:४३

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी रहेको नेता गणेश साहले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

यसअघि शनिबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । ओली सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई फिर्ता हुन माओवादीले निर्देशन दिएको हो।

बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ। बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका हाम्रो पार्टीका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको नेता लिलामणी पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*