सोमबार डाकिएको प्रदेश-१ सभा बैठक स्थगित

बाइलाइन नेपाल
१ चैत्र २०७७, आईतवार १२:३९

मोरङ- सोमबार डाकिएको प्रदेश-१ प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । सोमबार दिउँसो १२:३० बजेका लागि डाकिएको हिउँदे अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*