गोल्डकपमा आज एपिएफ र वाग्मती भिड्ने
हेटौंडा । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बल (एपिएफ) र वाग्मती युवा क्लब सर्लाहीबीच खेल हुनेछ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा दिउँसो दुई बजेबाट सुरु हुनेछ ।
यस खेलमा जित हातपार्ने टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइन प्रवेशको लागि बिजेता टोलीले अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुनसंग भिड्नेछ ।
मकवानपुरका १० वटा स्थानीय तहको सहयोगमा भएको प्रतियोगिताको आयोजना जिल्ला फुटबल संघ मकवानपुरले गरेको छ । प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । फागुन २७ गते देखी शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

बाइलाइन नेपाल











