पुलिस क्लबले जित्यो काठमाडौँ मेयर कपको उपाधि

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १४:२१

काठमाडौं मेयर कपको उपाधि नेपाल पुलि क्लवले जितेको छ।शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पहिलो काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटको उपाधि उचालेको हो। एपिएफले दिएको १०६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल पुलिसले २४.१ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

पुलिसको सहज जितमा सुनिल धमलाले अर्कसतकीय इनिङ्स खेले। नटआउट रहेका धमलाले ५९ रन बनाए। ८२ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे। यसअघि कुशल भुर्तेल र अनिल साहले समान १५-१५ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीले १ छक्कासहित ११ बलमा ११ रन बनाएर नटआउट रहे।

एपिएफका लागि अभिनाश बोहोरा र भुवन कार्कीले १-१ विकेट लिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा २९।४ ओभरमा अलआउट हुँदै मात्र १०५ रन मात्र बनाउन सक्यो।

एपिएफलाई सस्तैमा रोक्न पुलिका लागि सागर ढकाल र गुनशन झाले समान ४-४ विकेट लिए। पवन सरार्फ र ललित राजबंशीले १-१ विकेट हात पारे।

खराब ब्याटिङ गरेको एपिएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाउँदा अमर रौटेला र सुनदिप झोराले समान १८-१८ रन बनाए। भुवन कार्की १४ र अभिनास बोहोराले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*