नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १२:५५

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा नेपाल पक्षीय सांसदहरु पनि सहभागी छन् । नयाँ बानेश्वरको शंखमुलस्थित ए वान क्याफेमा १२ बजेबाट बैठक सुरु भएको हो । बैठकमा नेता नेपालले सम्बोधन गरिरहेका छन् ।

केन्द्रीय कमिटी अघि नेपाल समूहको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णयबारे छलफल भएको थियो ।

शुक्रबार बैठक राखेर ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरूको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए । यस्तै माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउनुका साथै जिम्मेवारी समेत दिएका छन् ।

ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल समूहले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ । ओलीले पार्टी फुटाउने उद्देश्यका साथ शुक्रबार कदम चालेको भन्दै नेपाल समूहले निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*