बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा मकवानपुरमा ३ जनाको मृत्यु, १० घाइते

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार १२:४३

मकवानपुर– मकवानपुरमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन्। शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन्। घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*