नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने
फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ ।
विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ का बाँकी खेल कुवेतमा हुने भएको हो । कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अस्ट्रेलियाकाे टाेली आउन नपाएपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित गरिएकाे थियाे ।
छनोटका बाँकी खेल ३१ मेदेखि १५ जुनसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बीको शीर्ष स्थानमा अस्ट्रेलिया छ ।

बाइलाइन नेपाल











