माओवादीको स्थायी कमिटी बैठक चल्दै गर्दा भीम रावल किन पुगे पेरिसडाँडा ?

बाइलाइन नेपाल
२९ फाल्गुन २०७७, शनिबार ११:३२

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा एमाले नेता भीम रावल पेरिसडाँडा पुगेका छन्। पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा ९ः३० बजे रावल बैठकमा समेत प्रवेश गर्न भ्याए ।

माओवादीको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । आधा घण्टा पेरिसडाँडा रहेका रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए । तर रावलले पेरिसडाँडाबाट बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया भने दिएनन् ।

अनि उनी माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकका लागि नयाँ बानेश्वरस्थित अर्याल होटेलतिर लागे । पेरिसडाँडा प्रवेशबारे बुझ्न  रावललाई फोन गर्दा सम्पर्कको प्रयास सफल हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*