मनहरीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
हेटौंडा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रीबस र ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
शनिबार बिहानीपख हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडाआउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्करखाई दुर्घटना हुँदा बसका चालक सहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा बस चालक वीरगन्ज–१५ का ३५ बर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० बर्षीय अभयलाल कुश्वाह र भारत विहारका ४० बर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बस चालक थापाको र सुनिल कुमारको उपचारको क्रममा चितवन स्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा १० जना घाइते भएको र हेटौंडामा उपचार भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।

बाइलाइन नेपाल











