एमालेमा ओलीको निर्णयः केन्द्रमा अध्यक्ष र महासचिव मात्रै, सातवटै प्रदेशका इञ्चार्ज
नेकपा एमालेले सातवटै प्रदेशका लागि प्रदेश इञ्चार्जहरु तोकेको छ । आज शुक्रबार बालुवाटारमा बसेको पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादलसहित २३ जना माओवादी नेतालाई एमालेको केन्द्रीय कमिटीमा मनोनित समेत गरेको छ । त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् ।
प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् । अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी भने नराख्ने जानकारी ओलीले गराएका छन् ।

बाइलाइन नेपाल











