जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु

बाइलाइन नेपाल
२८ फाल्गुन २०७७, शुक्रबार १४:२३

जसपा संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा जारी बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जाने लगायतका विषयमा पनि छलफल हुनेछ ।

राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरेको हो । यद्यपि तत्कालीन संघीय समाजवादीका प्रमुख सचेतक उमा शंकर अरगरियाले बैठकमा आज दलको विधान पारित हुने र दलको नेता चयन हुने सम्भावना कम रहेको बताए ।

पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ। यद्यपि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् ।

अहिलेसम्म उनीहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतको भनाइ छ । जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*