फेरि घट्यो सुनको मूल्य

बाइलाइन नेपाल
२८ फाल्गुन २०७७, शुक्रबार ११:१८

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो ।
यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*