नदीले बगाएर एक जनाको मृत्यु

बाइलाइन नेपाल
२८ फाल्गुन २०७७, शुक्रबार १०:४८

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*