प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने

बाइलाइन नेपाल
२६ फाल्गुन २०७७, बुधबार १३:४५

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

शोक प्रस्ताव पारित भएसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*