बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बाइलाइन नेपाल
२६ फाल्गुन २०७७, बुधबार ११:२५

बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६ रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने बुधबार ८५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ थियो भने बुधबार १५ रुपैयाँ बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*