एमाले र माओवादी केन्द्रलाई पत्र पठाउन निर्वाचन आयोग छलफलमा

बाइलाइन नेपाल
२५ फाल्गुन २०७७, मंगलवार १५:५६

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र कायम भएपछि निर्वाचन आयोगले दुवै पार्टीलाई पार्टीको अध्यावधी विवरण बुझाउन निर्देशन गर्ने भएको छ । पार्टीको नाम, चुनाव चिन्ह लगायतका बिषयमा आयोगले दुबै दललाई पत्र पठाउने तयारी गरेको हो ।

सर्वोच्चको फैसलापछि आयोगका प्रमुख आयुक्त तथा अन्य आयुक्तहरु यतिबेला छलफलमा जुटिरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘सर्वोच्चले दुई दल कायम गरेपछि अब आयोग कसरी अगाडि बढ्ने, के–के काम गर्ने भन्नेबारेमा आयोगमा छलफल भइरहेको छ । प्रमुख आयुक्त, आयुक्त लगायतका पदाधिकारीबीच छलफल चलिरहेको छ । यसबारे निर्णय भइसकेको छैन ।’

आइतबार सर्वोच्च अदालतले नेकपा नामबारेमा परेको मुद्धामा ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एकीकृत माओवादी केन्द्र र एमाले ब्यूँताइदिएको थियो । अदालतको फैसलापछि प्रचण्ड पक्षमा रहेका माधव नेपाल समूहपनि केपी ओली नेतृत्वको पार्टीमा फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*