माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

बाइलाइन नेपाल
२५ फाल्गुन २०७७, मंगलवार १४:४२

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । कमिटीको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकमा पार्टी पुनर्गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएको थियो । त्यसपछि २४ फागुनमा पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहको बैठक बसेर एमालेका नेताहरु नेकपा एमालेमा नै फर्कने निर्णय गरेका थिए ।

नेकपा एमालेका नेताहरु एमालेमा फर्किएसँगै माओवादी केन्द्रको बैठक बसेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*