घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज ६०० रूपैयाँले घटेर ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन पनि आज तोलामा ६०० रूपैयाँले नै घटेर ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी पनि आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बाइलाइन नेपाल











