बारामा युवाको घाँटी रेटी हत्या, रौतहटबाट एक जना पक्राउ

बाइलाइन नेपाल
२५ फाल्गुन २०७७, मंगलवार १२:१९

बारामा एक युवाको घाँटी रेटी हत्या गरिएको छ । मंगलबार बिहान करिब ४ः१५ बजेको समयमा निजगढ नगरपालिका वडा नम्वर ९ स्थित बुद्ध चोकमा १८ बर्षीय काले भनिने रोहित शर्माको हत्या भएको हो ।

प्रहरीले मृतकको घरेलु हतियारको प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

मृतकको घरमा कोहि नभएको बेला हत्या गर्ने योजना बनाएर घरमा प्रवेश गरेको जस्तो देखिएको जानकारी दिए । यसैबिच प्रहरीले रौतहटबाट एक जना व्यक्तीलाई प्रक्राउ गरेर अनुसन्धान सुरु गरेको मिश्रले बताए ।

प्रहरीले जनकपुर स्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर ल्याएर थप अनुसन्धान अघि बढाउँने मिश्रले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*