प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

बाइलाइन नेपाल
२५ फाल्गुन २०७७, मंगलवार ११:५९

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक बोलाएका हुन् । बैठकका एजेण्डा जानकारी नभए पनि सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने मन्त्रीहरुले बताएका छन् ।

सर्वोच्चको फैसलालगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक बोलाएर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*