महिला दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम

बाइलाइन नेपाल
२४ फाल्गुन २०७७, सोमबार १६:५३

हेटौंडा । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ ।

कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । जसमा १७ जना महिला र २६ जना पुरुष रहेको मेची महाकाली बुहारी संयुक्त आवाज हेटौंडा शाखाकी अध्यक्ष कविता थापा खरेलले जानकारी दिइन् ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज हेटौंडा शाखा परिवाले बुद्धचोकमा माक्स वितरण, सडक नाटक र रक्तदान कार्यक्रम गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*