१११ औं अन्तराष्ट्रिय महिला दिवसमा हेटौंडामा कार्यक्रम
हेटौंडा । अखिल नेपाल महिलासंघ मकवानपुरको आयोजानमा आज हेटौंडामा १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा कार्यक्रम गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डारमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागि भएका नेताहरुले महिलालाई अधिकार सम्पन्न गराउने नेताहरुको उद्घोष गरेका छन् । अहिले ३३ प्रतिशत अधिकार दिएपनि समान रुपमा हरेक क्षेत्रमा अब सहभागि गराइने कार्यक्रममा अतिथीहरुले बताएका छन् ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गरका थिए। कार्यक्रम अनेमासंघ मकवानपुरका अध्यक्ष पार्वती रानाको अध्यक्षतामा भएको हो ।

बाइलाइन नेपाल











