प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक ३ बजे बस्ने

बाइलाइन नेपाल
२४ फाल्गुन २०७७, सोमबार १०:५५
sf7df8f}F, % df3 M cWoIfåo k|km'Nn d'b|fdf enfs';f/L clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf ;f]daf/ cfof]lht s]Gb|Lo ;ldltsf] k"0f{ a}7s tyf k|lzIf0f sfo{qmddf ;xefuL g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfn –g]kfn ;d"xsf cWoIfåo k'iksdn bfxfn / dfws'df/ g]kfn . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।’

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*