श्रमिक महिला दिवसमा नेकपाको तर्फबाट प्रचण्डले दिए शुभकामना

बाइलाइन नेपाल
२४ फाल्गुन २०७७, सोमबार १०:४८

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षका हैसियतले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलको पार्टी हो भनि सर्वोच्च अदालतले गरेको फैसलाको भोलिपल्ट अध्यक्ष प्रचण्डले नेकपाको अध्यक्षको हैसियतमा शुभकामना दिएका हुन् । सर्वोच्च अदालतले निर्णय गरेपछि अब नेकपा रहेन माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै पार्टी भनिएका बेला प्रचण्डबाट नेकपाकै नामबाट शुभकामना आएको हो ।

उनले शुभकामना पत्रमा भनेको छन्, ‘आज विश्वभरका महिला दिदीबहिनीहरुको मात्र नभइ मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । आज महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।’

मानव जातिको पूर्ण मुक्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र नहुने र समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त रहेको उनले उल्लेख गरेका छन् । जनयुद्ध, जनआन्दोलनलगायत विभिन्न राजनीतिक तथा समाजिक क्रान्तिहरूमा महिलाहरुको साहस र त्यागले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि उनले उल्लेख गरेका छन् ।

पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएको आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*