प्रचण्ड-नेपाल पक्षको निवेदन दर्ता गर्न संसद सचिवालयका महासचिवलाई दवाव

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार १५:२४

नेकपा ओली पक्षले विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेको निर्णय तुरुन्त दर्ता गर्ने तर आफूहरुको दर्ता नगर्ने भन्दै प्रचण्ड-नेपाल पक्षका सांसदहरुले दर्ता गर्न दवाब दिइरहेका छन् ।

उनीहरुले आफूहरुको निर्णय दर्ता नगरी महासचिवलाई बाहिर निस्कन नदिने बताइ रहेका छन । सम्पूर्ण सांसदहरु महासचिवको कार्यालय बाहिर छन् । तर महासचिवले कानुनी परामर्श बिना दर्ता गर्न नसकिने भनेर अडान लिइरहेका छन् ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आइतबार सो पक्षको हिजो बसेको दलको बैठकका निर्णयहरु सचिवालयले दर्ता नगरेपछि महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए ।

प्रचण्ड माधव समूहले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*