पत्रकार पेन्सन कोषका लागि प्रदेश सरकारले महासंघ मकवानपुरलाई ५ लाख सहयोग गर्ने

बाइलाइन नेपाल
२३ फाल्गुन २०७७, आईतवार १२:२८

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको पेन्सन कोषमा बागमती प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै पेन्सन कोषका लागि प्रदेश सरकारले ५ लाख उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले चाँडै महासंघ मकवानपुर शाखालाई सो रकम उपलब्ध गराउने बचन दिएका छन् । यसअघि सो कोष स्थापनाको लागि हेटौँडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

२० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारलाई पेन्सन दिने उद्देश्यले कोष खडा गरिएको महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँले जानकारी दिए ।

पेन्सन सम्बन्धी कार्यविधी, २०७७ पास भइसकेको छ । उक्त कार्यविधिमा ज्येष्ठ पत्रकारलाई मासिक ४ हजारको दरले पेन्सन दिने उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*